काममा फर्किए सर्वोच्चका न्यायाधीश

[sharethis-inline-buttons]

काठमाडौँ – गोलाप्रथा प्रणालीबाट मुद्दाको पेशी तोक्ने भएपछि सर्वोच्च अदालतका न्यायाधीशहरु नियमित काममा फर्केका छन् । बिहीबार बसेको न्यायाधीशहरुको फुलकोर्ट बैठकले गोलाप्रथासम्बन्धी नियमावली र कार्यविधि पारित गर्ने निर्णय गरेसँगै न्यायाधीशरु इजलासमा फर्किएका हुन् । फुलकोर्ट बैठकले गोलाप्रथा प्रणालीसँग सम्बन्धित नियमावली र निर्देशिका स्वीकृत गरेको छ ।

बैठकबाट स्वीकृत नियमावली र निर्देशिका कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने र राजपत्रमा सूचना प्रकाशित भएपछि पुनः फुलकोर्ट बसेर निर्णय कार्यान्वयनमा आउने छ । सो निर्णय नआउन्जेलसम्म न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका तामेली, फैसला संशोधनलगायत मुद्दा हेर्नेछन् ।

 


प्रकाशित : २०७८ मंसिर ३ शुक्रबार