मुख्यमन्त्री शाहीले विश्वासको मत लिने

[sharethis-inline-buttons]

काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि मुख्यमन्त्री शाहीले विश्वासको मत लिने भएका हुन् । मुख्यमन्त्री शाहीले विश्वासको प्रयोजनका लागि १४ मंसिरमा  कर्णाली प्रदेशसभाको बैठकको आह्वान गरिएको छ ।

प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि १४ मंसिरमा प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।  प्रदेशसभा सचिवालयले १४ मंसिर दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको कर्णाली प्रदेशसभा सचिवालयका निमिक्त सचिव तेजप्रकाश जोशीले जानकारी दिए ।


प्रकाशित : २०७८ मंसिर ३ शुक्रबार