
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुन बरामद भएको छ । शुक्रबार दुबईबाट आएका दुई यात्रुको साथबाट सुन बरामद भएको हो। पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहनी छन् ।
विमानस्थल सुरक्षा कार्यालयको टोलीले शंका लागेपछि चेकजाँच गरेको थियो । विमानस्थ सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार सुन तरल रूपमा बरामद भएको छ ।यस विषयमा थप अनुसन्धान भइरहेको बास्तोलाले जानकारी दिनुभयो ।
प्रकाशित : २०७८ मंसिर ३ शुक्रबार