संखुवासभामा खेतबारीमै पुगेर जनगणना

[sharethis-inline-buttons]

मेघराज तामाङ

संखुवासभा । कातिक २५ बाट सुरु गरिएको जनगणनाका गणकहरु यत्तिबेला नागरिकहरुको घरघरमा पुगेर गणना गरिरहेका छन् । तर गाउँ बस्तिमा भने केहि बाहेक अधिकांस नागरिकहरु घरमा भेटिदैनन् ।

जिल्लाको तल्लो भेगमा धान उठाउने चटारोले नागरिकहरु प्राय खेतमै हुन्छन् । माथिल्लो भेगमा कोदो र अलैंची टिप्नुले बारी वा अलैंची बगानमा मात्र नागरिकहरु भेटिन्छन् । गणनाको सुरुवातीमा घरमा नभेटिएकाहरुलाई बाँकी राखेर गणना गर्दै लगेका थिए । तर अधिकांसलाई घरमा नभेटिएपछि गणकहरु खेतबारी र अलैंची बगानमा पुगेर गणना गर्न थालेका छन् ।

नागरिकहरु विहानको समयमा मात्र परिवारको सदस्य घरमा भेटिने गरेको र दिउँसोका समयमा घरमा भेटिने गरेकोले उनीहरुलाई खेतबारीमा खोज्दै गएर गणना गर्नु परेको मकालु गाउँपालिका १ वालुङका गणक सरिता राईले अनुभव बताए । दिउँसो विद्यालय उमेरका बालबालिकाहरु विद्यालय जाने र अन्य सदस्य खेतबारीमा ब्यस्त हुने भएकोले सोधीखोजी गरेर बारीमै पुग्नु परेको गणक राईले बताए । खेतबारी टाढा रहेकाहरुको भने विहान वा बेलुकी पर्खेर गणना गर्नु परेको उनको भनाई छ ।

प्रत्येक १० बर्षमा मात्र हुने जनगणनामा कोहि पनि नछुट्न र कोहि पनि नदोहोरिन गणकहरुलाई सचेत गराईएको जनगणना कार्यालय सङ्खुवासभाका प्रमुख पुस्कर गुरागाईले बताए । अघिल्लो जनगणनाहरुमा घरमुलीलाई नभेटि वा गणना स्थलमा नपुगी पनि गणना भएको जस्ता गुनासोहरु सुनिने गरेकोले प्रत्येक गणक प्रत्येक घरमा पुगेर गणना गर्न निर्देशन दिईएको कार्यालय प्रमुख गुरागाईले जानकारी दिए । यस पटक गणना गर्ने क्रममा जातिगत पहिचान लेखाउने अभियान्ताहरुको चासोका कारण पनि थप गम्भिरता पुर्वक गणना कार्य भईरहेको प्रमुख गुरागाईले जानकारी दिए ।

गणनाको क्रममा कुनै त्रुटी नहोस र त्रुटी हुन गए तत्काल सच्याउन सकियोस भनेर स्थलगत अनुगमनमा आफु नियमित हिडिरहेको समेत उनले बताए । जिल्लाका दश स्थानीय तहहरुमा २ सय ४५ जना गणकहरुले जनगणना गरिरहेका छन् । त्यस मध्ये २ जना नेपाली सेना छन् । त्यस बाहेक ६५ जना सुपरिवेक्षकहरु पनि घरघरमा नै पुगिरहेका छन् । गणनाको अन्तिम दिन मंसिर ९ गते घरबार विहिनहरुको गणना गर्ने कार्यतालिका रहेको जिल्ला जनगणना प्रमुख गुरागाईले जानकारी दिए ।


प्रकाशित : २०७८ मंसिर ३ शुक्रबार