
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री नियुक्त भएको एक महिनापछि विश्वासको मत लिने हुनु भएको छ ।
प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि १४ मंसिरमा प्रदेशसभा अधिवेशन आह्वान गर्नु भएको छ । प्रदेशसभा सचिवालयले १४ मंसिर दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको छ।
शाही १६ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो । शाही मुख्यमन्त्रीमा नियुक्त भए पनि सत्ता साझेदार दलहरूबीच कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन् ।
प्रकाशित : २०७८ मंसिर ३ शुक्रबार