कानून व्यवसायीलाई अश्लील गाली गर्ने दुई जना पक्राउ

[sharethis-inline-buttons]

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुलाइ अश्लील शब्द प्रयोग गाली गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तीर्थ ढकाल र सिताराम श्रेष्ठ रहेका छन् । ढकाललाई बौद्धबाट र श्रेष्ठलाई मूलपानीबाट गएराति पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर टेकुका निमित्त प्रमुख एसपी रमेश बस्नेतले जानकारी दिए । उनीहरुले नेपाल एशोसिएसनको परिसरमा पुगेर बिहिबार वकिलहरुलाई अश्लील गाली गरेका थिए । यसविषयम थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 


प्रकाशित : २०७८ मंसिर ३ शुक्रबार