कानुनव्यवसायी र प्रहरीबीच आज पनि घम्साघम्सी

[sharethis-inline-buttons]

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुनव्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको छ । प्रहरीले धर्नास्थलमा कानून व्यवसयीहरूलाई प्रवेशमा रोक्न खोज्दा दुई पक्षबीच घम्साघम्सी भएको हो ।

नियमित रुपमा कानून व्यवसायीहरू धर्ना बसिरहेको सर्वोच्च परिसरमा आज सुरक्षाकर्मीले घेरा हालेको छ । अहिले कानून व्यवसायी सोही ठाउँमा जान खोजिरहेका छन् भने प्रहरीले रोकिरहेको छ ।

बिहीबार पनि प्रधानन्यायाधीश अदालत छिर्ने अर्को गेटमा प्रदर्शनकारी जाने क्रममा प्रहरीले हस्तक्षेप गरे पछि घम्साघम्सी भएको थियो ।


प्रकाशित : २०७८ मंसिर ३ शुक्रबार