ए डिभिजन लिग आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्स क्लब खेल्ने

[sharethis-inline-buttons]

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ पौने ५ बजे सुरु हुनेछ । सातदोबाटोले पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्न लागेको हो ।

सातदोबाटो यसै वर्ष बी लिगको उपाधि जित्दै शीर्ष लिगमा बढुवा भएको हो । फ्रेन्ड्सले भने लामो समयदेखि ए डिभिजन खेल्दै आएको छ । तर, उपाधि भने जित्न सकेको छैन । कुल ९१ खेल हुने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै बी डिभिजनमा झर्ने छन् । उपाधि विजेताले ७५ लाख रुपैयाँ, उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।


प्रकाशित : २०७८ मंसिर ३ शुक्रबार