अफगानिस्तानमा मानवीय सङ्कट चुलिएको भन्दै राष्ट्रसंघद्वारा सहयोगको अपील

[sharethis-inline-buttons]

काठमाडौं । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा मानवीय सङ्कट चुलिएको भन्दै विश्व समुदायलाई सहयोगका लागि आह्वान गरेको छ । राष्ट्रसङ्घका लागि अफगानिस्तानकी दूत दिवोराह लायोन्सले अफगान नागरिकलाई वित्तिय र मानवीय सहयोग गर्न दातृ निकायलाई आह्वान गर्नुभएको हो । राष्ट्रसङ्घका अनुसार अफगानिस्तानको चार करोड जनसङ्ख्यामध्ये ६० प्रतिशत भोकमरीको चपेटामा परेको छ । हिउँद लागेसँगै त्यहाँको अवस्था डरलाग्दो देखिएको भन्दै उहाँले सहयोगका लागि अपील गर्नुभएको हो ।


प्रकाशित : २०७८ मंसिर ३ शुक्रबार