
काठमाडौं । आज विश्व शौचालय दिवस मनाइदैछ । सरकारी तथ्याङ्क अनुसार नेपालको ९० प्रतिशत मानिसको शौचालयमा पहुँच भएपनि व्यवहारिक रुपमा भने कार्यान्वयन नभएको सरोकारवालाले बताएका छन् । मुगुको छायानाथ रारा नगरपालिकाको वडा नम्बर ५ ३४ घरधुरी रहेकामा ५० प्रतिशतेको घरमा शौचालय छैन ।
जग्गा अभावमा शौचालय निर्माण गर्न नसकिएको स्थानीय सिहँराज वि.कले बताउनुभयो । सिरहाको बरियारपट्टि गाउँपालिकामा अझै खुल्ला सथानमा शौच गर्ने गलत परम्परा कायमै रहेको स्थानीय विरबल यादवले जानकारी दिनुभयो । खुल्ला दिशामुक्त घोषणा भएको ४ वर्ष वितिसक्दा पनि झापाको बुद्धशान्ती गाउँपालिकाका २० प्रतिशत मानिसले शौचालयको प्रयोग गर्दैनन् ।
दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ । यो लक्ष पूरा गर्न नेपालले बनाएको रणनीति अनुसार २ वर्ष अघि मुलुक खुल्ला दिसामुक्त भएको थियो । तर निरन्तरता नहुँदा खुल्ला दिसामुक्त घोषणा कार्यान्वयनमा चुनौती देखिएको सरसफाइ विज्ञ राम त्रिपाल यादबले बताउनुभयो ।