माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय

[sharethis-inline-buttons]

काठमाडौं । सरकारले आउँदो माघ १२ गते राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले माघ १२ गते राष्ट्रियसभाको २० सदस्यका लागि निर्वाचन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले जानकारी दिनुभयो । निर्वाचन आयोगले माघ ७ देखि १० गतेभित्र राष्ट्रियसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदै छ । पहिलो पटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाबाट कार्यकाल निर्धारण गरिएको थियो । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्यक दुई वर्षमा सकिन्छ भने एक तिहाइको पदावधि चार वर्ष हुने व्यवस्था छ ।

त्यही प्रावधान अनुसार २० जना सासंद्को पदावधि आउँदो फागुन २० गते सकिन लागेको हो । संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरे अनुसार मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तय गरेको हो । नेकपा एमालेका आठ, माओवादी केन्द्रका पाँच, एकीकृत समाजवादीका चार र नेपाली काँग्रेसका तीन जना सांसद्को पदावधि सकिन लागेको हो ।


प्रकाशित : २०७८ मंसिर ३ शुक्रबार