महाधिवेशन सार्ने राप्रपाको निर्णय

[sharethis-inline-buttons]

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशन सार्ने निर्णय गरेको छ । पार्टीकात्रय अध्यक्षहरु कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीको आज बसेको बैठकले आगामी मङ्सिर ११, १२ र १३ गते काठमाडौंमा गर्ने भनिएको महाधिवेशनको मिति सारेर मंसिर १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको हो ।

राप्रपा केन्द्रिय निर्वाचन समितिको सिफारिस अनुसार सो निर्णय भएको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए । मङ्सिर ११, १२ र १३ गते काठमाडौंमा गर्ने भनिएको महाधिवेशनको मिति परिवर्तन गरि आगामी मङ्सिर १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको छ । राप्रपाले तल्लो तहका अधिवेशन सम्पन्न गर्ने कार्यमा केही ढिलाइ हुन पुगेपछि महाधिवेशन पनि सार्ने निर्णय गरेको बताइएको छ । राप्रपाले सक्रिय सदस्यबाट प्रदेशसभा निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चयन गर्ने मिति पनि सारेको छ । मंसिर ३ देखि ५ मा महाधिवेशन प्रतिनिधि चयन गर्ने पूर्वनिर्धारित मिति परिवर्तन गर्दै मंसिर ६,७ र ८ गतेलाई तोकिएको हो । सो पार्टीको महाधिवेशनमा चार हजार पाँच सय भन्दा बढी प्रतिनिधिले भाग लिने राप्रपाले जनाएको छ ।


प्रकाशित : २०७८ मंसिर २ बिहीबार