संखुवासभाबाट डा. शशांकले भने : गुट अन्त्य गर्न मेरो उम्मेदवारी

[sharethis-inline-buttons]

मेघराज तामाङ

संखुवासभा । काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीमा गुट अन्त्य गर्न आफू सभापति हुनुको विकल्प नभएको बताएका  छन्। बिहीबार सङ्खुवासभा जिल्ला भ्रमणमा रहेका डा. कोइरालाको सम्मानमा पार्टीको जिल्ला कार्य समितिले आयोजना गरेको बृहत सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

बिपी कोइरालाको बिचारले काङ्ग्रेसमा उचित स्थान पाउँन नसकेको र बिपीको एउटा भिजन सफल बनाउँनकै लागि भएपनि आफू पार्टी सभापति हुनु पर्ने उनले बताए । उनले भने, “त्यो भिजन भनेको कृषिमा आमूल परिवर्तन ल्याउँने हो ।”

“विपी कोइराला विदेशका विभिन्न राष्ट्रहरुसँग पारवहन सम्झौता गरेर कृषिको व्यापारमा आमूल परिवर्तन ल्याउँने योजनामा हुनुहुन्थ्यो । अब त्यो बिचारलाई अरु कसैले पार लगाउँन सक्नेछैन ।” डा. कोइरालाले भने । “अहिले पनि म खुलेर भन्छु, यो एउटा मात्र काम भएपनि सफल बनाऔं । अहिले मेरो ध्यान कृषिमै रहेको छ ।”


प्रकाशित : २०७८ मंसिर २ बिहीबार