मारुतीसहित तीन सिमेन्ट बिक्री वितरणमा रोक

[sharethis-inline-buttons]

काठमाडौँ – गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्टको बिक्री वितरणमा रोक लगाएको छ । मारुती सिमेन्ट प्रालिको उत्पादनमा कम गुणस्तर पाइएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण दिनसमेत पत्राचार गरेको छ ।

विभागले मारुती सिमेन्ट कम्पनीबाट उत्पादित सिमेन्ट प्रयोग नगर्नसमेत उपभोक्तालाई आग्रह गरेको छ । सो कम्पनीबाट उत्पादित ४३ ग्रेडको ओपिसी सिमेन्ट प्रयोग नगर्न र बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन पनि विभागले कम्पनीलाई निर्देशन दिएको हो । विभागले विभिन्न मितिमा बजार अनुगमन गरी संकलन गरिएको उक्त कम्पनीको ओपिसी ४३ ग्रेटको सिमेन्ट गुणस्तरहीन भएकाले प्रयोग नगर्न आग्रह गरेको हो ।

विभागले मारुतीसहित अन्य दुई उद्यायगका सिमेन्ट पनि बिक्री वितरणमा रोक लगाएको छ । युनाइटेड र जगदम्बा सिमेन्ट प्रालिको उत्पादनमा तोकिएको गुणस्तर नभएको भन्दै विभागले १५ दिनभित्र स्पष्टीकरण मागेको छ ।
सिमेन्टको गुणस्तर परिक्षणका क्रममा तोकेको गुणस्तर अनुसार नरहको भन्दै विभागले विक्री वितरण रोक्का गरी १५ दिन भित्र स्पष्टीकरण पेस गर्न पत्र काटेको हो ।

 


प्रकाशित : २०७८ मंसिर २ बिहीबार