बारले भन्यो- शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी दमन भयो, थप सशक्त संघर्ष गर्छौँँ

[sharethis-inline-buttons]

काठमाडौं – नेपाल बार एशोसियसनले शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी दमन भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामाको माग गर्दै आन्दोलनरत वकिलहरुले आन्दोलनमाथि प्रहरी दमन निन्दनीय भन्दै आन्दोलन सशक्त बनाउने घोषणा गरेको हो ।

पत्रकार सम्मेलन गरी बार एशोसियसनले आजको शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेपबाट अध्यक्ष चण्डेश्वर ढकाल र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएकोप्रति आपत्ति जनाएको हो ।

न्यायालय शुद्धीकरणका लागि गरिएको आन्दोलनमाथि प्रहरीले दमन गरेको भन्दै बारका पदाधिकारी एवं सदस्यहरुले आक्रोश व्यक्त गरेका छन् । प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने बारले जनाएको छ ।


प्रकाशित : २०७८ मंसिर २ बिहीबार