कानुन व्यवसायीमाथि प्रहरीको बल प्रयोग, बार अध्यक्ष श्रेष्ठसहित एक दर्जन वकिल घाईते

[sharethis-inline-buttons]

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुनव्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको छ । बिहीबार प्रधानन्यायाधीश अदालत छिर्ने अर्को गेटमा प्रदर्शनकारी जाने क्रममा प्रहरीले हस्तक्षेप गरे पछि घम्साघम्सी भएको हो ।

बिहान साढे १० बजे प्रधानन्यायाधीश छिर्ने गेटतर्फ अगाडि बढेका कानुन व्यवसायीलाई प्रहरीले हस्तक्षेप हरेको थियो । सो क्रममा बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठसहित कानुन व्यवसायीहरु कपिल पोखरेल, रमण कर्ण, युवराज भण्डारी, गोपाल सापकोटा, ऋषिराम घिमिरे पनि घाइते भएका छन् । घाइतेमध्ये बारका कार्यसमिति सदस्य प्रकाश महर्जनलाई अस्पताल लगिएको छ । करीब एक दर्जन वकिल घाइते भएकाे बारले जनाएकाे छ ।


प्रकाशित : २०७८ मंसिर २ बिहीबार