६५ हजार नक्कली नोटसहित ४ जना पक्राउ

[sharethis-inline-buttons]

२ मंसिर,काठमाण्डौ ।प्रहरीले ६५ हजार नक्कली नोट सहित सिन्धुपाल्चोकका ४ सहित ५ जनालाई पक्राउ गरेको छ । काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ की ५६ वर्षीया गोमा श्रेष्ठ, ४१ वर्षीया पुष्पा थापामगर,हेलम्बु गाउँपालिका–२ का १९ वर्षीय चिरञ्जीवी जोती ,२३ वर्षीय सुजन जोती र रामेछाप सिरुवारी गाउँपालिका–२ का २६ वर्षीय समरोज थापामगर रहेका छन ।

काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोकामा नक्कली पैसा लिएर सामान खरिद गर्दै हिँडिरहेको अवस्थामा गोमा श्रेष्ठलाई शङ्कास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा नक्कली नोटसहित पक्राउ गरिएपछि थप चारजनालाई नक्कली पैसा छाप्न प्रयोग गरिने मेसिनसहित नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।


प्रकाशित : २०७८ मंसिर २ बिहीबार