कानुनव्यवसायी र प्रहरीबीच सर्वोच्च परिसरमा घम्साघम्सी

[sharethis-inline-buttons]

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुनव्यवसायी र प्रहरीबीच धकेलाधकेल भएको छ । बिहीबार प्रधानन्यायाधीश अदालत छिर्ने अर्को गेटमा प्रदर्शनकारी जाने क्रममा प्रहरीले हस्तक्षेप गरे पछि घम्साघम्सी भएको हो ।

बिहान साढे १० बजे प्रधानन्यायाधीश छिर्ने गेटतर्फ अगाडि बढेका कानुन व्यवसायीलाई प्रहरीले हस्तक्षेप हरेको थियो । यता कानुन व्यवसायीको धर्नाबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबारका लागि नौ इजलास गठन गरेका छन् । जबराले बालुवाटारस्थित निवासबाटै नौवटा इजलासका लागि २५९ मुद्दा सुनुवाइका लागि पेसी तोकेका हुन ।


प्रकाशित : २०७८ मंसिर २ बिहीबार