बुर्किना फासोको प्रहरी चौकीमा बिद्रोही आक्रमण, ५३ जनाको मृत्यु

[sharethis-inline-buttons]

२ मंसिर,काठमाण्डौ ।बुर्किना फासोमा अल–कायदा र आईएसआईएस सँग सम्बन्धित लडाकुहरूले प्रहरी चौकीमा आक्रमण गर्दा ५३ जनाको ज्यान गएको छ ।

इनाटामा भएको आक्रमणमा ४९ सैन्य प्रहरी अधिकारी र चार सर्वसाधारणको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । धेरैको संख्यामा सुरक्षाकर्मी मारिएपछि त्यहाँको सरकाले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । राष्ट्रपति रोच काबोरले सबैभन्दा दुखको क्षण भएको भन्दै संयमित हुन देशबासीलाई आह्वान गर्नुभएको छ ।

यसैबिच बुर्किना फासोको राजधानी ओआगाडोगुकोमा सरकारबिरुद्ध सर्बसाधरणले प्रदर्शन गरेका छन ।सुरक्षाबल र सर्बसाधरणमाथी दबाब ज्यादती गर्ने लडाकुहरूलाई नियन्त्रण गर्न असफल भएको भन्दै प्रदर्शनकारीहरुले राष्ट्रपति रोच काबोरको राजीनामा माग गरेका छन ।


प्रकाशित : २०७८ मंसिर २ बिहीबार