दाङमा डोजर पल्टिँदा चालकको ज्यान गयो

[sharethis-inline-buttons]

काठमाडौं । दाङमा डोजर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा बिहीबार बिहान करिब चार बजेतिर डोजर पल्टिएको हो ।

रा १क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ । सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको उनले जानकारी दिए । बङ्गलाचुलीको मुकुटीदेखि भ्युटावर जोड्ने सडक सफाइ गर्ने क्रममा डोजर पल्टिएको थियो ।

 


प्रकाशित : २०७८ मंसिर २ बिहीबार