क्यानडाको पश्चिमी प्रान्तमा आँधीपछि आपत्कालिन अवस्था घोषणा

[sharethis-inline-buttons]

काठमाडौं । क्यानडाको पश्चिमी प्रान्तमा आपत्कालिन अवस्था घोषणा गरिएको छ । आँधीपछि सडक र रेलमार्गसँग सम्बन्ध विच्छेद भएपछि पश्चिमी प्रान्तको ब्रिटिस कोलम्बियामा आपत्कालिन अवस्था घोषणा गरिएको बीबीसीले जनाएको छ । अहिले सेनाले उद्धारको काम गरिरहेको खबरमा उल्लेख छ । आइतबार राति आएको आँधीपछि खसेको पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् ।


प्रकाशित : २०७८ मंसिर २ बिहीबार