
काठमाडाैं । भारतको राजधानी दिल्लीमा स्कुल र कलेज अनिश्चितकालका लागि बन्द गरिएको छ । वायु प्रदूषणले खतराको सूचकाङ्क पार गरेपछि दिल्लीमा स्कुल र कलेज अनिश्चितकालका लागि बन्द गरिएको भारतीय संचार माध्यमले जनाएका छन् ।
दिल्लीका पर्यावरणमन्त्री गोपाल रायले विद्यार्थीको स्वास्थ्यलाई ध्यान दिँदै स्कुल र कलेज बन्द गरिएको बताउनुभयो । उहाँका अनुसार सबै सरकारी कार्यालयहरुसमेत बन्द गरी घरबाटै काम गर्ने व्यवस्था मिलाइएको छ । यस्तै नोभेम्भर २१ सम्म दिल्लीमा निर्माण कार्यहरुमा पनि रोक लगाएको खबरमा उल्लेख छ ।
प्रकाशित : २०७८ मंसिर २ बिहीबार