आज र भोली देशभरीको मौसम पूर्ण रुपमा नखुल्ने

[sharethis-inline-buttons]

काठमडौं । आज र भोलि देशभरीको मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन् । अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभावले आज र भोलि देशभरीको मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका हुन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मन्जु बासीका अनुसार आज दिउँसो र राति देशका धेरै ठाउँको मौसम आशिंकदेखि सामान्य बदली हुनेछ ।

आजको भन्दा भोलि मौसम धेरै बदली हुने सम्भावना रहेको उहाँले बताउनुभयो । भोलि दिउँसो उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको उहाँको भनाइ छ । दिउँसो मौसम बदली भएसँगै अधिकतम तापक्रम पनि घट्ने मौसमविद् बासीले बताउनुभयो । तर राति मौसम बदली हुँदा बिहान भने चिसो केही कम हुने उहाँको भनाइ छ । राति आकाश खुल्दा जमिन चिसो भएर बिहान न्यूनतम तापक्रम घट्छ । तर राति बादल लागे जमिन चिसिन पाउँदैन र न्यूनतम तापक्रम बढ्छ ।


प्रकाशित : २०७८ मंसिर २ बिहीबार