
काठमाडौँ – प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवमाथि हातपातको प्रयास भएको छ । काँग्रेसको वडा अधिवेशनका लागि मुखियापट्टी मुसहरनिया गाउँपालिका पुगेका मन्त्री यादवमाथि आफ्नै गाउँमा काँग्रेसक कार्यकर्ताले हातपालतको प्रयास गरेका हुन् ।
स्थानीय एक नेताकाअनुसार हातपातको प्रयास भएपछि मन्त्री यादव भागेर प्रहरी चौकी बहेडाबेला पुगेका थिए । हातपात प्रयास गरेको कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए ।
प्रकाशित : २०७८ मंसिर १ बुधबार