
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका नेतारकार्यकर्ताहरुले पार्टी मुख्यालय सानेपामा धर्ना सुरु गरेका छन्। पार्टी नेतृत्वसँग न्याय माग्न भन्दै बस नै रिजर्भ गरेर काठमाडौं पुगेका उनीहरुले बुधबारदेखि पार्टी मुख्यालयमा धर्ना सुरु गरेका हुन्।
सानेपामा अहिले कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका नेता भुवन भट्ट लगायत २१ जनाले धर्ना दिइरहेका जनाइएको छ। धर्नामा विभिन्न पालिका तथा वडाको पार्टी समितिका सभापति र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु समेत सहभागी भएका जनाइएको छ।
बहुमति क्रियाशील सदस्यहरुको सहभागिता बिनै पालिका र वडा अधिवेशन गराइएको भन्दै कांग्रेस डडेलधुराका सभापति कर्ण मल्लसहितका नेतारकार्यकर्ताहरु रुस्ट छन्।