वराहक्षेत्रमा कात्तिके मेला शुरु

[sharethis-inline-buttons]

सुनसरी । धार्मिक मेलाको रुपमा मानिदैं आएको हरिबोधिनी एकादशी मेलाको रौनक सोमबारदेखि वराहक्षेत्र धाममा शुरु भएको छ । हरिबोधिनी एकादशी कात्तिक २९ गते देखि मङसिर ३ गते पूर्णिमाको दिन सम्म ५ दिन सम्म मेला लाग्नेछ ।

सुनसरीको वराहक्षेत्रधाममा ठूलो एकादशी अर्थात हरिबोधनी एकादशीको दिनदेखि कात्तिके मैलाको रौनकले वराहक्षेत्र तिर्थालुमय बनेको छ । हरिबोधिनी एकादशी मेलाको महत्व बढेको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए । उनले भने, ‘प्रदेश १ को धार्मिक रूपमा प्रमुख तिर्थस्थल वराहक्षेत्रधाममा हरिबोधनी एकादशी मेलाको महत्व पनि ज्यादै रहनेछ ।’

शास्त्रीय प्रमाणहरुको आधारमा वराहक्षेत्रमा वरेसेनि कात्तिके मैलाको नाममा ठूलो एकादशीका दिनदेखि पुर्णिमा सम्म ५ दिन मेला लाग्ने वराहक्षेत्रका पण्डीत योगेस भण्डारी बताउँछन् । माघे मेलामा कोवा कौशिकिको संगम स्थलमा गएर स्नान गर्ने परम्पता रहेको छ भने हरिबोधिनी एकादशी मेलालाई भगवान बिष्णुको महिमासंग जोडिएको पण्डीत भण्डारीको तर्क छ ।

वराहक्षेत्र नगरपालीका वडा नं १ को वराहक्षेत्र मन्दिर परिषरमा लाग्ने हरिबोधिनी एकादशी मेलामा पुजा आर्चना र मेला भर्न ५ लाख भक्तजन आउने गरेको बिगतको तथ्य रहेको संरक्षण मञ्चका सचिव राजु घिमिरेले बताए । भक्तजनलाई शान्त सुरक्षित र सहज बनाउन सुरक्षा, स्वास्थ्यको प्रबन्ध गरिएको उनले बताए ।

 


प्रकाशित : २०७८ मंसिर १ बुधबार