रत्नप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट गोपाल देवान सम्मानित

[sharethis-inline-buttons]

धरान । कायस्थ गोपाल प्रसाद सरला प्रतिष्ठान धरानले रत्नप्रसाद पत्रकारिता पुरस्कारबाट धरानका अग्रज पत्रकार गोपाल देवानसहित विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गरेको छ । पत्रकार देवानलाई बुधबार ४१ हजार नगदसहित सम्मान गरिएको हो । उनलाई प्रतिष्ठानका संरक्षक सरला कायस्थ, प्रमुख अतिथि एवं प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारी, प्रतिष्ठानका अध्यक्ष मुकुल कायस्थले दोसल्ला ओढाउनुका साथै सम्मान पत्र र नगद हस्तान्तरण गरेका थिए ।

त्यसै गरि बालसन्त मोहनशरण देवाचार्यलाई पनि नगद ५१ हजारसहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको छ । त्यस्तै, कौशिकी क्याम्पस धरानमा वीएड प्रथम बर्षमा अध्ययनरत दृष्टिविहिन विद्यार्थी मिङमा भोटेलाई १५ हजार पुरस्कार राशीको छात्रवृत्ति प्रदान गरिएको छ भने शिक्षा सदन माविमा कक्षा १० की प्रथम विद्यार्थी कविता चौलागाईलाई १० हजार नगदको छात्रवृत्ति प्रदान गरिएको छ ।

यस्तै, हरेराम कृतन कुञ्जलाई नगद १० हजार प्रदान गरिएको छ । सुब्बा रत्नप्रसादको छोरा स्वर्गीय कायस्थ गोपाल प्रसाद र बुहारी सरला कायस्थको नाममा प्रतिष्ठान स्थापना भएको हो । प्रतिष्ठानकी संरक्षक सरला कायस्थ धरानकी अग्रणी समाजसेवी हुन् । प्रतिष्ठानको अध्यक्ष उनका छोरा एवं समाजसेवी मुकुल कायस्थ छन् । सोही प्रतिष्ठानले २०७३ सालदेखि सुब्बा रत्नप्रसाद पत्रकारिता पुरस्कार प्रदान गर्न थालेको हो ।

 


प्रकाशित : २०७८ मंसिर १ बुधबार