काठमाडौँ – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री राईले विश्वासको मत लिएका हुन् ।
आजको मतदान बैठकमा ७९ जना सांसद उपस्थित थिए । जसमध्ये मुख्यमन्त्री राइले पेस गरेको विश्वासको मतको पक्षमा ५० मत परेको छ भने विपक्षमा २९ मत मात्र परेको छ ।
प्रदेशसभामा कुल ९२ जना सांसद छन् । प्रतिपक्षी एमालेको सभामुखसहित ४१ सांसद छन् । यता विपक्षी गठबन्धनमा आवद्ध दल कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा ९एकीकृत समाजवादी०का १० र जनता समाजवादीका तीन जना गरी ४९ जना सांसद छन् । प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।
प्रकाशित : २०७८ मंसिर १ बुधबार