
काठमाडौँ – सरकारले पहिलो ई–पासपोर्ट (विद्युतीय राहदानी) शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा. नारायण खड्काले शताब्दीपुरुष जोशीलाई ई पासपोर्ट प्रदान गरे ।
ई–पासपोर्ट कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ । साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन्। विभागले यसअघि चार प्रकारका पासपोर्ट जारी गर्दै आएको थियो ।
प्रकाशित : २०७८ मंसिर १ बुधबार