भोजपुरमा मनाइयो कर दिवस, उठ्यो १४ करोड भन्दा धेरै कर

[sharethis-inline-buttons]

भोजपुर– दशौ राष्ट्रिय कर दिवश विभिन्न कार्यक्रम गरि मनाइएको छ । करदाता सेवा कार्यालय भोजपुरको आयोजनामा पहिलो पटक प्रभात फेरी सहित कार्यक्रम आयोजना गरिएको हो । सदरमुकामको स्थित डाडाँगाउबाट उद्योग वाणिज्य संघको कार्यालय सम्म प्रभात फेरी गरिएको थियो ।

उक्त कार्यक्रममा सरकारी निकायका प्रतिनिधि उद्योगि व्यवसायि लगायतको सहभागिता रहेको थियो । उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा राष्ट्रिय कर दिवशको उदघाटन प्रमुख जिल्ला अधिकारी वासुप्रसाद कोइरालाले गरेका थिए ।

कार्यक्रममा निमित्त कोष तथा लेखा नियन्त्रक भक्ति प्रसाद भट्टराई , उद्योग वाणिज्य संघ भोजपुरका अध्यक्ष धुव्रलाल श्रेष्ठ , नेपाल पत्रकार महासघ भोजपुरका अध्यक्ष एक्सन राई लगायतले कर दिवशको अवशरमा शुभकामना मन्तब्य राख्नुभएको थियो । जिल्लामा करदाता कार्यालय स्थापना भएपछि १४ करोड बढि कर संकलन भएको कार्यालय प्रमुख कर अधिकृत रुपक न्यौपानेले बताए ।


प्रकाशित : २०७८ मंसिर १ बुधबार