अदालतको समस्या अदालत भित्रबाट नै समधान हुनुपर्दछ -प्रचण्ड

[sharethis-inline-buttons]

१ मंसिर, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक–दुई दिनभित्रै अदालतमा देखिएको विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँगे कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेको प्रचण्डले अदालतको समस्या समाधानका निम्ति सबै पक्षले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले अदालतमा देखापरेका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै दाहालले यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेको बताए । ‘हामी अदालतबाटै एक–दुई दिनभित्र समस्या समाधान होस् भन्ने चाहेका छौं’ उनले भने ।


प्रकाशित : २०७८ मंसिर १ बुधबार