सर्वोच्चका असन्तुष्ट न्यायाधीशहरू आन्तरिक छलफलमा, सर्वोच्चको पूर्ण बैठक बोलाउन आग्रह गर्ने

[sharethis-inline-buttons]

काठमाडौं । सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरू आन्तरिक छलफलमा जुट्ने भएको छन् । उनीहरु सर्वोच्च अदालमा देखिएका विवादको समधान र अबको रणनीति तयार गर्न छलफलमा जुट्न लागेका हुन् । असन्तुष्ट न्यायाधीशहरु बैठकमा बसी सर्वोच्चको पूर्ण बैठकका लागि प्रधानन्यायाधीशलाई आह्वान गर्ने तयारी भएको एक न्यायाधीशले बताएका छन् ।

न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यका लागि भन्दै लामो समयदेखि सर्वोच्चका न्यायाधीश तथा नेपाल बार एशोसिएसन,सर्वोच्च अदालत बार एशोसिएसन लगायत आन्दोलनमा होमिएको छ । तर तीन साता लामो आन्दोलनमापनि प्रधानन्यायाधीशले राजीनामा नदिएपछि जनताका मुद्दा हेर्न नभ्याइएको भन्दै फुलकोर्ट बैठकबाट नियमावली संशोधन गरी इजलासमा बस्ने न्यायाधीशहरुको तयारी छ ।


प्रकाशित : २०७८ मंसिर १ बुधबार