प्रधानन्यायाधीश जबराले गरेका विवादास्पद आदेशको बारले अध्ययन गर्ने

[sharethis-inline-buttons]

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले गरेका विवादास्पद आदेश तथा फैसलाहरुको अध्ययन गर्ने भएको छ । बारले मंलबार राति उक्त निर्णय गरेको हो । त्यसका लागि देशभरबाट उजुरी, गुनासो र अरु विवरण भए नेपाल बार एशोसिएसनमा पठाउन आह्वान गरेको छ ।

जबराको नेतृत्व अस्विकार गर्ने पर्याप्त आधार र प्रमाणहरु आफूहरुसँग भएपनि उनका थप विवादास्पद आदेश र फैसलाहरु खोज्न यस्तो निर्णय गरिएको बारका पदाधिकारीका भनाई छ ।

प्रधानन्यायाधीस जबरा मन्त्रिपरिषद भागभण्डाको मुद्धामा मुछिएपछि उनको राजीनामा माग गर्दै बारले देशव्यापीरुपमा आन्दोलन गरिरहेको छ ।


प्रकाशित : २०७८ मंसिर १ बुधबार