विद्युत महशुल दर घट्यो, विद्युतीय सामग्री प्रयोगमा जोड

[sharethis-inline-buttons]

काठमाडौं । सरकारले आजदेखि लागु हुनेगरी विद्युत महशुल दर घटाएको छ । नेपाल विद्युत प्राधिकरणको सिफारिसमा विद्युत नियमन आयोगले आजदेखि नयाँ महशुल दर लागू गर्ने निर्णय भएको हो ।

जसअनुसार आउँदो पुस महिनादेखि तिर्नुपर्ने विद्युतको महशुलमा उपभोक्ताले छुट पाउने विद्युत नियमन आयोगका प्रवक्ता डाक्टर रामप्रसाद धितालले जानकारी दिनुभयो । विद्युतको खपत बढाउनका लागि महशुलमा छुट दिएको उहाँको भनाइ छ । उहाँले इन्डक्सन चुल्हो लगायतका उपकरणको प्रयोग बढाउन पनि सबैसँग आग्रह गर्नुभएको छ ।


प्रकाशित : २०७८ मंसिर १ बुधबार