
१ मंसिर,काठमाण्डौ ।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने सम्भावना छ । मुख्यमन्त्री राईले हिजो नै विश्वासको मत लिने तयारी भएपनि त्यसो हुन सकेन ।
हिजोका लागि बोलाइएको प्रदेशसभा बैठक सुरु हुनासाथ स्थगित भएपछि राईले आज विश्वासको मत लिने तयारी छ । हिजो प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद उपस्थित नभएपछि बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुख प्रदीपकुमार भण्डारीले सीआइएनलाई जानकारी दिनुभयो ।
मुख्यमन्त्री राईले विश्वासको मतसम्बन्धी प्रस्ताव गत आइतबार संसद सचिवालयमा दर्ता गराउनुभएको थियो ।
प्रकाशित : २०७८ मंसिर १ बुधबार