
१ मंसिर,काठमाण्डौ ।वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रमसंगै फेरि चिसो बढेको छ । हिजो केहि न्यानो महसुस गरिएको काठमाण्डौ उपत्यकाको तापक्रम आज फेरि घटेको हो । हिजो १० डिग्रि मापन गरिएको बिहानको तापक्रम ९ डिग्री सेल्सीयस रहेको छ । तर बिहान ५ बजे भने तापक्रम ७ दशमल ८ डिग्रिमा झरेको थियो ।
जुम्लामा सबैभन्दा चिसो बढेको छ । हिजो माईनस ४ मापन गरेको जुम्लाको मौसम आज माईनस ५ दशमलब ५ डिग्रि सेल्सियसमा झरेको छ ।यसैबिच यतिबेला देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसोः प्रदेश १, वागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागहरुमा आंशिक बदली रही वाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा महाशाखाको अनुमान छ । यस्तै आज राती देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । बिहान ६ बजेर २६ मिनेटमा झुल्किएको घाम बेलुकी ५ बजेर ११ मिनेटमा अस्ताउनेछ ।