
नवलपरासी – पश्चिम नवलपरासीमा नटुवा समुदायका बालबालिलाई शैक्षिक समाग्री वितरण गरिएको छ । प्रतापपुर गाउँपालिका र माहुरी होमको साझेदारीमा वितरण गरिएको छ ।
प्रतापपुर गाउँपालिका-७ मा रहेको लोपन्मुख नटुवा समुदायका १२ जना बालबालिकालाई झोला (व्याग), कपी, कलम, पेन्सिल, ज्याम्ट्री बक्स र सुईटरलगायतको समाग्रीहरू वितरण गरीएको छ । प्रतापपुर गाँउपालिकाका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीले नटुवा समुदायका बालबालिकालाई शिक्षा क्षेत्रमा अगाडि बढाउन आवश्यक देखिएकोले यो उदहरणीय कार्य भएको प्रशंसा गरेका छन्। आर्थिक अभाव र परिवारिक अवस्थाले गर्दा नटुवा समुदायका बालकालिकाहरू विद्यायल नजाने वा बीचमै छोड्ने गरेका छन् तर आज शैक्षिक समाग्री वितरणले उनीहरू पढाइमा रुची बढने चौधरीले बताए ।
यस्तै नटुवा समुदायका बालबालिकालाई शिक्षाबाट बञ्चित हुननदिनको लागि यो अभियानलाई माहुरी होमले अगाडि बढाएको मधेश मानव अधिकार गृह (माहुरी होम) नवलपरासीका अध्यक्ष वृजराज कुशवाहाले बताए । उनीहरू शिक्षा क्षेत्रमा मनोबल उच्च राख्नको लागि यि समाग्रीहरु वितरण गरिएको कुशवाहाले बताए । मधेश मानव अधिकार गृह (माहुरी होम) ले समाजिक क्षेत्रमा राम्रो काम गरेवापत उज्जवल थापा मेमोरियल फण्ड बाट पुरुस्कृत भएको छ । सोही पुरुस्कृत रकमबाट नवलपरासी, रुपन्देही र कपिलवस्तु जिल्लाका करीब ३ सय नटुवा जातिका अध्ययनरत बालबालिहरूलाई शैक्षिक समाग्री वितरण गरिएको छ ।