३७७ जना कोभिड संक्रमित थपिए, ४ जनाको मृत्यु

[sharethis-inline-buttons]

काठमाडौँ – काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३७७ जना कोभिड संक्रमित थपिएका छन् । ९ हजार १४९ वटा नमुनाको परीक्षण गर्दा ३७७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ ।

त्यस्तै आज १७० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ४७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक ३० मंगलवार