प्रदेश २ का उद्योग, पर्यटन तथा वन मन्त्री राय बर्खास्त

[sharethis-inline-buttons]

काठमाडौँ – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई बर्खास्त गरेका छन् । नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन यादवलाई मुख्यमन्त्री राउतले निवासमै बोलाएर मन्त्रीबाट राजीनामा दिएर सरकारलाई सहयोग गरिदिन आग्रह गरेका थिए ।

तर उनले राजीनामा दिन नमानेपछि मुख्यमन्त्री राउतले मंगलबार यादवलाई मन्त्री पदबाट बर्खास्त गरेका हुन् । मन्त्रीलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ ।


प्रकाशित : २०७८ कार्तिक ३० मंगलवार