
काठमाडौं । स्विट्जरल्यान्ड अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को लागि छनोट भएको छ । समुह ‘सी’ को विजेता बन्दै स्विट्जरल्यान्ड विश्वकपमा छनोट हुँदा युरो विजेता इटालीले भने प्ले अफ खेल्नुपर्ने भएको छ । छनोट चरणको अन्तिम खेलमा बुल्गेरियामाथि ४–० को जित निकाल्दै स्विट्जरल्यान्डले विश्वकपमा स्थान पक्का गरेको हो ।
इटाली नर्दन आयरल्यान्डसँग गोलरहित बराबरीमा रोकिएपछि स्विट्जरल्यान्डको विश्वकप पक्का भएको हो । घरेलु मैदानमा स्विट्जरल्यान्डको जितमा नोआओकाफोर, रुवेन भार्गस, सेडरिक इटेन र रेमो फ्रिउलरले गोल गरे । जितपछि स्विट्जरल्यान्डले समूह ‘सी’ मा ८ खेलबाट १८ अङ्क जोडेको छ । पराजित बुल्गेरिया ८ अङ्क जोडेर चौथो स्थानमा रहेको छ भने इटाली १६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ ।