नेपाली महिला टिमले आज कतारसँग टी ट्वान्टी सिरिज खेल्दै

[sharethis-inline-buttons]

काठमाडाैं । नेपालले आज कतारसँग टी ट्वान्टी सिरिज खेल्न लागेको छ । पहिलोपटक टी ट्वान्टी सिरिज खेल्न लागेको नेपाल रुबिना क्षेत्रीको कप्तानीमा मैदान उत्रने छ । आईसिसी वुमन्स टि–ट्वान्टी एसिया छनोटको तयारीस्वरुप नेपाली महिला क्रिकेट टोलीले कतारसँग तीन टि–ट्वान्टी आई सिरिज खेल्न लागेको हो । खेल कतारको राजधानी दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट रङ्गशालामा दिउँसो ३ : ४५ मा सुरु हुनेछ ।


प्रकाशित : २०७८ कार्तिक ३० मंगलवार