
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज पनि देशको मौसम बदली रहने बताएको छ । महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको बताएको छ ।
आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सफा रहने छ । यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।
प्रकाशित : २०७८ कार्तिक ३० मंगलवार