प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिदै

[sharethis-inline-buttons]

काठमाडाैं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिन भएका छन् । मुख्यमन्त्री राईलाई विश्वासको मत दिन प्रदेश सांसदहरूलाई विराटनगरस्थित होटलमा राखेर पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले निर्देशन दिएका छन् । कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका राईले विश्वासको मतका लागि आइतबार प्रदेशसभामा प्रस्ताव दर्ता गराएका थिए ।

प्रमुख प्रतिपक्षी एमालेले गठबन्धनका प्रदेश सांसदहरूलाई फकाएर राईको प्रस्ताव विफल गराउन सक्ने भन्दै गठबन्धन दलका सबै सांसदहरूलाई एकै ठाउँ भेला गरेर राखिएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले आज दिउसो साँढे १२ बजे प्रदेशसभा बैठक बोलाएका छन् । पाँच दलीय गठबन्धनमा ५० सांसद रहेकोले मुख्यमन्त्री राईले विश्वासको मत पाउँने निश्चित जस्तै छ । ९२ सदस्यीय प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक पर्छ । मुख्मयन्त्री राईले विश्वासको मत लिएपछि बाँकी रहेका दुई मन्त्रालयले पनि पूर्णता पाउनेछ ।


प्रकाशित : २०७८ कार्तिक ३० मंगलवार