थप ४१६ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

[sharethis-inline-buttons]

काठमाडौँ – नेपालमा सोमबार थप ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ५ सय ५४ पिसिआर परिक्षणका क्रममा ३ सय ६७ जना र ४ हजार ८ सय ४८ एन्टीजेन परिक्षणका क्रममा ४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १२ हजार ४ सय ७९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ४ सय ७८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय ७० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९८ हजार ५ सय ४४ जना कोरोनामुक्त भएका छन् ।


प्रकाशित : २०७८ कार्तिक २९ सोमबार