संयुक्त विद्यार्थी संगठनसँग निगमले भन्यो- घाटा खाएर इन्धनको मूल्य घटाउन सकिँदैन

[sharethis-inline-buttons]

काठमाडौं– इन्धनको मूल्य वृद्धिको विरोधमा आन्दोलनमा रहेका विद्यार्थी संगठन र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमबीचको वार्ता असफल भएको छ। आयल निगमले अहिलेकै अवस्थामा इन्धनको मूल्य घटाउन नसकिने बताएपछि सोमबारको वार्ता असफल भएको हो।

इन्धनमा भएको मूल्यवृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठन र आयल निगम तथा मन्त्रालयका अधिकारीहरुबीच सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता भएको थियो। वार्तामा विद्यार्थी संगठनहरुले पछिल्लो समय गरिएको मूल्यवृद्धि फिर्ता हुनुपर्ने अडान राखेका थिए।

निगमले भने पछिल्लो समय गरिएको मूल्यवृद्धि पछि पनि निगमलाई मासिक ५ अर्ब २० करोड रुपैयाँ घाटा हुने अवस्था रहेकाले मूल्य घटाउन नसिकने बताएको थियो। वार्तामा वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले घाटा मिलानको लागि आफूले प्रधानमन्त्री र मुख्य सचिवसँग कुरा गर्ने र सकारात्मक जवाफ आए मूल्य घटाउन सकिने बताएका थिए।


प्रकाशित : २०७८ कार्तिक २९ सोमबार