प्रधानन्यायाधीश जबरासँग वार्तामा नबस्ने बारको घोषणा

[sharethis-inline-buttons]

काठमाडौं । आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधीकारीहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेका छन् । सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो ।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीस जबराको राजीनामा माग गर्दै पछिल्लो केहि हप्ता देखि निरन्तर आन्दोलन गर्दै आईरहेको छ । प्रधानन्यायाधीश जबराको कारण नै अदालतमा भ्रष्टाचार र अनियमितता मौलाएको भन्दै न्यायपालिका शुद्धीकरणका लागि प्रधानन्यायाधीशको राजीनामा नै एकमात्र विकल्प भएको समेत बारको बैठकले ठहर गरेको छ। बारको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत परिसरमा धर्नामा बसिरहेका बेला राणाको विज्ञप्ति आएको थियो ।

 


प्रकाशित : २०७८ कार्तिक २९ सोमबार