बाल सुधार गृहको भान्सा सुधार गर्न मन्त्री रेग्मीको निर्देशन

[sharethis-inline-buttons]

२९ कार्तिक,काठमाण्डौ ।काठमाडौं महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बाल सुधार गृह भक्तपुरको भान्सा सुधार गर्न निर्देशन दिनु भएको छ।आईतबार सुधार गृह भक्तपुरको अवलोकन गर्दै मन्त्री रेग्मीले भान्सा सुधार गर्न निर्देशन दिनुभएको हो।

बाल सुधार गृह व्यवस्थित तरिकाले सञ्चालन गरेकोमा व्यवस्थापन समितिलाई धन्यवाद दिँदै मन्त्री रेग्मीले खानपान स्वस्थ र व्यवस्थित हुनुपर्ने बताउनुभयो । ञखाना पकाउने ठाउँ व्यवस्थित हुनुपर्छ,झमन्त्री रेग्मीले भन्नुभयो, ञकिचन व्यवस्थित हुनुपर्छ।झ मन्त्री रेग्मीले बालबालिकालाई आधुनिक शैलीमा पढाउने र पाठ्यक्रममा नैतिक शिक्षालाई बढी जोड दिनुपर्ने बताउनु भयो।

पारिवारिक वातावरणमा अध्यापन गराउँदा बाल बालबालिकालाई खुल्न सजिलो हुने भन्दै उहाँले यसमा ध्यान दिन सुझाव पनि दिनुभयो।
राज्यले बाल सुधार गृहलाई महत्त्वका हेरिदिन सुधार गृह व्यवस्थापन समितिले मन्त्री रेग्मीलाई अनुरोध गरेको उहाँको निजी सचिवालयले जनाएको छ।

सुधार गृह ललाई पुरै मन वचन कर्मले आफूले सक्ने जति गर्ने प्रतिबद्धता मन्त्री रेग्मीले व्यक्त गर्नु भएको छ


प्रकाशित : २०७८ कार्तिक २९ सोमबार