सर्वोच्च परिसरमा रिपोर्टिङ गर्न गएका पत्रकारलाई प्रवेश निषेध

[sharethis-inline-buttons]

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसियसनले गरेकोे आन्दोलनको रिपोर्टिङ गर्न जाने पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ ।

आइतबारसम्म पत्रकारहरु सर्वोच्च परिसरभित्रै प्रवेश गरी रिपोर्टिङ गर्दै आएका थिए । तर सोमबार भने पास भएका पत्रकारहरुलाई समेत प्रहरीले प्रवेशमा रोक लगाएको छ । प्रधानन्यायाधीश जबराको विरोधमा नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले कात्तिक १४ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् । आन्दोलनलाई लक्षित गरी सर्वोच्च अदालत भित्र र बाहिरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 


प्रकाशित : २०७८ कार्तिक २९ सोमबार