ओखलढुंगामा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

[sharethis-inline-buttons]

काठमाडौं । ओखलढुंगामा आज बिहान बोलेरो जिप दुर्घटना भएको छ । ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका ९ काँडेभञ्याङ नजिकै आज बिहान ७ः३० बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । १३ जना घाइते छन् ।


प्रकाशित : २०७८ कार्तिक २९ सोमबार