पाकिस्तानमा महिला कैदीलाई नाङ्गै नाच्न लगाएको आरोपमा प्रहरी अधिकारी बर्खास्त

[sharethis-inline-buttons]

काठमाण्डौ । पाकिस्तानमा एक महिला कैदीलाई नाङ्गै नाच्न लगाएको आरोपमा एक प्रहरी अधिकारीलाई बर्खास्त गरिएको छ । पाकिस्तानको बलुचिस्तान प्रान्तको एक चौकीमा एक महिलालाई जबरजस्ती नग्न पारेर नाच्न बाध्य पारेपछि इन्स्पेक्टर शबाना इरशादलाई बर्खास्त गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन ।

आफ्नो अख्तियारको दुरुपयोग गरेको र प्रहरी हिरासतमा जेलमा रहेका महिलासँग अमानवीय व्यवहार गरेकोमा दोषी पाईएपछि इरशादलाई बर्खास्त गरिएको हो । बच्चाको हत्याको आरोपमा पक्राउ परेकी ती महिलालाई नग्न बनाएर जबरजस्ती नाच्न लगाईएको हो ।


प्रकाशित : २०७८ कार्तिक २९ सोमबार